ताजा अपडेट »

माओवादी केन्द्रको बैठक बस्दै, सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने

सोमबार, १८ साउन २०७८, १० : २३
2 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ । हिजोको बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । आजको बैठठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने नेताहरुले बताएका छन् ।

माओवादीमा मन्त्री बन्न धेरै आकांक्षी देखिएका छन् । पार्टीबाट सरकारमा कसलाई नेतृत्व गरेर पठाउने भन्नेमा पनि माओवादीमा विवाद देखिएको छ ।आज बस्ने बैठकले को को मन्त्री बन्ने र पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने पनि निर्णय गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।