११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

काठमाडाैं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएको भन्दै उनीहरूले शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा पर्याप्त हुने बताएका छन् ।

Advertisement

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व स्तनपान सप्ताह २०७८ को अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोषण शाखा प्रमुख केदार पराजुलीले शिशु जन्मेको ६ महिना पूरा भएपछि पोषिलो थप खानाका साथसाथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनुपर्ने बताए ।

पोषण शाखा प्रमुख पराजुलीले भने, ‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । आमाको दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ । त्यो बट्टाको दूधमा पाइँदैन ।’ उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रवद्र्धन गर्न नहुने बताए ।

नेपाल मल्टिइन्डिकेटर क्लस्टर सर्वे २०१९ अनुसार नेपालमा शिशु जन्मेको १ घण्टाभित्रै स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत रहेको छ । यस्तै, पूर्णस्तनपान गराउनेको संख्या ६२ प्रतिशत रहेको छ । सर्वेक्षणअनुसार दुई वर्षसम्म स्तनपान गराउनेको संख्या ८७.६ प्रतिशत रहेको छ ।

बट्टाको दूध सेवन गर्ने शिशुमा रोगसँग लड्ने क्षमतामा कमी हुँदै भविष्यमा मोटोपना, मधुमेहलगायतका रोग लाग्न सक्ने अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ को तथ्यांकअनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत र शिशु जन्मेको एक घन्टाभित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ ।

यस्तै, शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ८९ प्रतिशत रहेको छ । नेपालमा शिशु जन्मेदेखि एक महिनासम्म आमाको दूध मात्र खुवाउनेको संख्या ८० प्रतिशत रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यद्यपि शिशु दुईदेखि तीन महिनासम्मको हुँदा आमाको दूध मात्र खुवाउनेको संख्या घटेर ७२ प्रतिशत मात्र रहेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका बालरोग विशेषज्ञ डा.कृष्ण पौडेलले शिशुलाई आमाको दूध नै पहिलो खोप रहेको बताए । डा.पौडेलले भने, ‘आमाको स्वास्थ्यका लागि पनि स्तनपान प्रभावकारी मानिन्छ । शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अस्पतालमा स्तनपानलाई प्रवद्र्धन गर्ने कार्य भइरहेको बताए । उनले भने, ‘स्तनपानको महत्वबारेमा ग्रामीण तहका जनतालाई समेत उजागर गराउनुपर्छ ।

स्तनपानलाई प्रवद्र्धन गर्न मातृ शिशुमैत्री अस्पतालका रूपमा विकास गर्ने अभियान पनि विस्तार भइरहेको छ ।’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलले स्तनपानलाई संरक्षण र प्रवद्र्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको बताए ।

स्तनपान सप्ताहको अवसरमा सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदारराज पराजुलीले थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको बताए । पोषण शाखा प्रमुख केदारराज पराजुलीले भने, ‘प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्न लागिएको छ ।

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने हुन्छ । शाखाले ह्युमन मिल्क बैंकमा दूध राख्नका लागि करिब १ करोड रुपैयाँ लागतमा मेसिन खरिद गर्ने तयारी थालेको जनाएको छ ।

आमाको दूध तत्काल नआउने वा कमी हुने बच्चाका लागि सो बैंकमा राखिएको दूधको व्यवस्था गरिने योजना छ । स्तनपान संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउँदै आइएको छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानको कार्यान्वयन गरी स्तनपानलाई संरक्षण र सम्वद्र्धन गर्ने कार्य हुँदै आएको छ । प्रशान्त वलीले राजधानी दैनिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने, वरिष्ठ उपाध्यक्ष पद पाउने लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली