११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

काठमाडौं । क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली भएको जनाउँदै कांग्रेस कार्यकर्ताहरू तीन सातादेखि धर्ना दिँदै आएका छन्। बारा र रौतहटका एक सयभन्दा बढी कार्यकर्ताहरू पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । विवाद समाधानको माग गर्दै धर्नामा बस्दै आएका दुवै जिल्लाका कार्यकर्ताले मागको सुनवाई नभएसम्म धर्ना जारी राख्ने बताएका छन्। पार्टीको १३औँ महाधिवेशनमा सक्रिय रहेका कार्यकर्ताको सदस्यता नवीकरण गर्नुको सट्टा नयाँ व्यक्तिलाई सदस्यताको सिफारिस गरिएको पार्टीका नेता एवं संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादवले बताए ।

Advertisement

“वडाबाट नयाँ सदस्यताका लागि सिफारिस गरिएका व्यक्तिको नाम हटाएर अर्कैलाई सिफारिस गरिएको पाइयो”, पार्टी कार्यालय सानेपामा विगत २२ दिनदेखि धर्नामा बस्दै आएका यादवले भने, “फारममा एउटाको नाम छ, कम्प्युटरमा फरक व्यक्तिको नाम दर्ता भएको छ, यो त सरासर अवैधानिक काम हो ।” बारा क्षेत्र नं २ मा ४४ वडामध्ये २२ वटा वडामा कार्यकर्ताले क्रियाशिल सदस्यस्यताको फारम नै नपाएको नेता यादवको गुनासो छ। “फारममा कतिपयको नाममा टिपेक्स लगाएर अर्कैको नाम लेखेको सम्म गरेको पाइएको छ”, उनले भने। पार्टीको शीर्ष नेतृत्वले विवाद समाधान गर्न आश्वासन दिएको यादवले बताए ।

पार्टीको अधिवेशनलाई ध्यान दिनुभन्दा संसदीय निर्वाचनको ख्याल गर्नुपर्नेमा उनले जोड दिए। संसदीय निर्वाचनमा बाराको चार वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा मात्र कांग्रेस विजयी भएको थियो। सो क्षेत्रबाट उमाकान्नत चौधरी निर्वाचित भएका थिए। बारासँगै रौतहटका कार्यकर्तासमेत सानेपामा अनशनमा बस्दै आएका छन् ।

रौतहट क्षेत्र नं १ का नेता बज्रकिशोर सिंहले पार्टीमा पुराना कार्यकर्तालाई अन्याय भएको बताए। “पार्टीको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा पुराना कार्यकर्तामाथि अन्याय भएको छ”, अनशनमा भेटिएका उनले निराशा व्यक्त गर्दै भने, “पार्टीमा प्रतिबद्ध र सिद्धान्त बुझेका कार्यकर्तालाई अपहेलना गर्ने काम भएको छ, त्रुटी नसच्याउँदासम्म हामी घर फर्किन्नौँ ।”

कतिपय ठाउँमा पार्टीको वडासभापतिले सदस्यता फारम नै नपाएको पूर्वस्वास्थ्य राज्यमन्त्री रहिसकेका सिंहले दुःखेसो गरे। विवाद उत्पन्न भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन ६ गते बसेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेको समिति गठन गरेको थियो ।

समितिले बिहीबार थप परिमार्जनसहितको प्रतिवेदन बुझाइसकेको छ। सदस्यता विवाद मिलाउन कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बिहीबार बसेको बैठकले पार्टीको नेतृत्व तहलाई पाँच दिनको समय दिएको छ। विवाद समाधानका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुँदै आएको छ ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ। कांग्रेसमा १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत