९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवनरक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिए ।

बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सहज रुपमा खाद्यान्न र औषधिजन्य सामान ढुवानीको व्यवस्था मिलाउनुपर्ने, बाढीपहिराले क्षति पु¥याएको सडक आवागमन सहज बनाउन तीन तहका सरकारी निकायबीच समन्वय गर्न बैठकमा निर्देशन दिइएको छ ।

बाढीपहिराले क्षति पुर्याएको सडक पहुँच निर्माणका लागि केन्द्रले अग्रसरता लिनुपर्ने र आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने गृहमन्त्री खाँणले बताए । बैठकमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललगायत उपस्थिति रहेको थियो । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन