९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

वीरगञ्ज । जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा मृतकका आफन्त र गाउँलेहरुले तोडफोड गरेका छन् । इमर्जेन्सी कक्षमा समेत पसेर उनीहरुले हो हल्ला गर्नुको साथै साइनबोर्ड पनि फालिदिएका छन् । सो क्रममा अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गर्नुका साथै इमर्जेन्सी कक्षमा पसेर उनीहरुले हो हल्ला गर्नुको साथै साइनबोर्ड फालिदिएका थिए ।

Advertisement

अस्पताल स्रोतका अनुसार प्रदशर्नकारीको आक्रमणबाट एक चिकित्सक र नर्सलाई चोट लागेको छ । तोडफोडका क्रममा सीसाले लागेर एक बिरामी कुरुवा महिला घाइते भएकी छन् । अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए । तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै प्रदर्शन गरेको अस्पतालले जनाएको छ । दाह संस्कारका लागि घाट लैजानुअघि नुहाउने क्रममा महिलाको मुख चलेको मृतकका आफन्त र गाउँलेको दावी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन