२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल। सर्वाेच्च अदालतले लुम्बिनी प्रदेश सभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुको कारण सोधेको छ ।एमाले प्रवेश गरेपछि प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका न्यौपाने र पन्थीले आफूहरुलाई बिनाकारण हटाइएको भन्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । निवेदकहरुले नेकपा (माओवादी केन्द्र), लुम्बिनी प्रदेश प्रदेश सभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइ पुनर्बहालीको मागसहित निवेदन दिएका थिए ।

आइतबार भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भटराईको इजलासले उनीहरुलाई हटाउनुको कारणको मागसहित भदौ ८ गते दुवै पक्षलाई बोलाएको निवेदकका कानुन व्यवसायी ईश्वरी भट्टराईले बताए ।

न्यौपाने र पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले चैत २३ मा उनीहरुलाई निलम्बन गर्दै पद रिक्त भएको जानकारी दिएका थिए। तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को संयुक्त घोषणा पत्रका आधारमा निर्वाचनमा लडेकाले एमाले प्रवेश गरेको भनेर हटाउन नमिल्ने निवेदकहरुको जिकिर छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार