९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

नुरिस्तान, अफगानिस्तान । अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ ।  “नुरिस्तान प्रान्तको कमदिश जिल्लामा भारी वर्षाका कारण बुधबार बाढीमा परी वेपत्ता व्यक्तिमध्ये केही अझै हराइरहेका छन् । बाढीका कारण जिल्लाको करिब १२ किलोमिटर सडक भत्केकोे छ, १७३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्,” प्राकृतिक प्रकोप व्यवस्थापन राज्यमन्त्री गुलाम बहाउददिन जेलानीले भने । 

यस प्रान्तका विधायकहरूले बाढी प्रभावित बासिन्दाहरूलाई तत्काल सहयोगको आवश्यकता भएको बताएका छन् । तालिबानले पीडितहरूको उद्धार कार्यमा अवरोध खडा गरिरहेको विधायकहरूले दाबी गरेका छन् ।  अर्कोतर्फ तालिवान समूहले बाढी प्रभावित क्षेत्रहरुमा सरकारी सेनाहरुको घुसपैठ हुन नदिन भनेको छ । “जनताको अवस्था दयनीय छ । उनीहरूलाई तुरुन्तै मद्दत चाहिन्छ । उनीहरूले सबै कुरा गुमाएका छन्,” नुरिस्तानका सांसद इस्माइल आटिकानले भने । नुरिस्तानका गभर्नर हाफिज अब्दुल कायुमले केही प्रभावित परिवारलाई सरकारले सहयोग प्रदान गरेको बताए ।   

गत महिना अफगानिस्तानको पश्चिमी प्रान्त हेरातका केही भागहरूमा भारी वर्षा र बाढीले गर्दा कम्तीमा पनि १२ जनाको मृत्यु भएको थियो । बाढीले जिल्लाका दशौँ आवासीय घर तथा सडक बगाएको छ । सडक बिग्रेपछि विभिन्न जिल्लामा सडक यातायातका बन्द भएको छ । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन