११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

बुटवल । धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यसहित रुपन्देहीमा जलापर्ण कार्यक्रम हुने भएको छ। रुपन्देहीका ५ वटा क्लबहरुको संयुक्त आयोजनामा सोमबार श्रावणी साईक्लिङ जलापर्ण कार्यक्रम गर्ने भएको हो । आईतबार बुटवल युनाइटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, साईकल सिटि बुटवल, साईकल साथी सैनामैना, बुटवल साईकल ग्रुपको पदाधिकारीहरुको उपस्थितीमा पत्रकार सम्मेलन गरि कार्यक्रमको सबै तयारी पूरा भएको कार्यक्रमका संय‍ोजक तथा तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए।

बुटवल कालिकानगर शिवालय मन्दिरबाट बिहान शुरु हुने यात्रा कपिलबस्तुको लक्ष्मणघाट पुगेर जल लिएर सैनामैना पर्रोहा परेश्वर धाममा जलापर्ण गरिने उनले बताए। जलापर्ण कार्यक्रमको टिसर्ट सामुहिक रुपमा लन्च गरिएको छ। बुटवल कालिकानगरस्थित शिवालय मन्दिरबाट बिहान शुरु हुने यात्रा कपिलबस्तुको पवित्रस्थल लक्ष्मणघाट पुगेर जल लिई सैनामैनास्थित पर्रोहा परमेश्वर धाममा जलापर्ण गरेर सकिने उनले बताए। करीव १ सय किलोमिटर दुरी साईकलमार्फत पूरा गरिने भएको हो ।

धार्मिक यात्रामा आर्थिक भौतिक सहयोग गर्नुभएका बुटवलमा उद्योगी व्यापारी तथा समाजसेवीहरु चन्द्र प्रकाश पौडेल, कपिल खड्का, नित्यानन्द ज्ञवाली, रुद्र भण्डारी, गोपाल घिमिरेलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवीहरु चन्द्रप्रकाश पौडेलले धार्मिक आस्थामा युवाहरुको अगुवाई गराउदै पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने महत्त्वपूर्ण कामको सफलताको कामना गरे। साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले सबै साईकिले साथीहरु बिच भातृत्व विकास गर्दै एकतावद्घ गराउनु निक्कै महत्त्वपूर्ण कार्य भएको बताए। बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कोषाध्यक्ष डम्बर तिवारी, ह्याप्पी क्लबका सल्लाहकार गणेश श्रेष्ठ, रबिलाल सुवेदीले मोफसलमा साईकल संस्कृति विकास भएको बताए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत