ताजा अपडेट »

"फाल्तु मुद्दामा माफी माग्न बसेकी हैन''

शुक्रबार, ११ माघ २०७५, ०७ : ०४
4 Shares

माघ ११,

‘पद्मावत’ पछि बलिउडमा फेरि पनि करणी सेनाले कंगना रनावत अभिनित तथा निर्देशत फिल्म ‘मणीकर्णिका’ को विरोध गरेका छन् । कंगना र करणी सेनाको बीच चलिरहेको वाक युद्धमा कंगनाको नयाँ बयान आएको छ । मणिकर्णिकाको प्रचारको कार्यक्रममा पुगेकी कंगनाले आफू कहिल्यै कसैसँग पनि माफी नमाग्ने र अझै गल्ती नै नभइ कसैैसँग नझुक्ने बताइन् । 

करणी सेनाको फाल्तु मामिलामा आफू माफी नमाग्ने भन्दै उनले थपिन्, ‘हामीले फिल्ममा त्यस्तो कुनैै पनि गलत कुरा देखाएको छैन भनेर आश्वासन दिइसकेका छौं । त्यसकारण उनीहरूले पनि हामीलाई सहयोग गर्नुपर्ने हुन्छ ।’

फिल्ममा रानी लक्ष्मी बाईको भूमिका निभाएकी कंगनाले भनिन्, ‘मणिकर्णिका भारतकी छोरीको फिल्म हो । हामी सबै मिलेर फिल्मलाई अघि बढाउनुपर्छ । लक्ष्मी बाई मेरी एक्ली आफन्त होइनन्, पूरा भारतकी छोरीचेली हुन् । त्यसकारण करणी सेनाले मेरो साथ दिनुपर्ने हुन्छ । सेनालाई यो फाल्तु इगोलाई इस्यू बनाउन जरुरी छैन । म यहाँ कसैसँग माफी माग्न बसेकी हैन ।’

महाराष्ट्र करणी सेनाका सभापति अजय सिंह सेंगरले कंंगनाको फिल्मको सेट जलाउने धम्की दिएका छन् । यसका साथै यही कंगनाले करणी सेनालाई धम्क्याएमा उनको फिल्म महाराष्ट्रमा चल्न पनि नदिने बताएका छन् ।- एजेन्सी  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।