२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

सैनामैना । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय युवा परिषद नेपालले रुपन्देहीको सैनामैना नगरपालिकामा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । परिषदले आइतबार एक कार्यक्रमको आयोजना गरि सैनामैना–१ पद्यमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा सञ्चालित कोभिड–१९ अस्थायी अस्पताललाई ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

Advertisement

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्कीलाई उक्त सामग्री प्रदान गरेका छन् । सामग्री हस्तान्तरण गर्दै परिषदका उपाध्यक्ष ढुंगेलले नगरमा कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणमा सहज हुने अपेक्षा व्यक्त गरे । परिषदले सेमी फोल्डिङ बेड ४० थान, आइभि स्टेन्ड ४० थान, स्यानिटाइजर १० थान, फेश शिल्ड ५ सय थान, मास्क सय थान, पिपिई सय थान, गोगल्स ५ सय थान, पल्स ओक्सिमिटर ५० थान र इग्जामिनेसन ग्लब्स सय थान उपलब्ध गराएको छ ।

कोभिड न्यूनीकरणका लागि कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । सोही बमोजिम राष्ट्रिय युवा परिषद्ले सैनामैनालाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको ढुंगेलको भनाई छ । विपद्को बेलामा स्थानीय सरकारलाई जे सकिन्छ त्यही उपलब्ध गराउनु राष्ट्रिय युवा परिषदको दायित्व रहेको उनले बताए । कोभिड उपचारका लागि प्रयाप्त मात्रामा उपकरण नभएको अवस्थामा परिषदले ठूलो रकम बराबरको स्वास्थ्य सामग्री वितरण गर्नु आफैमा प्रंशसनीय कार्य रहेको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

उनले स्थानीय सरकारलाई परेको कठिन परिस्थितिमा परिषदको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सैनामैनाकी उपप्रमुख बिना मगर, युवा परिषदका उपसचिव देवीप्रसाद अधिकारी, प्राकृतिक चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराई, परिषदका कार्यकारी सदस्य तिलोत्तमा पौडेल, बाबुराम बञ्जाडे, सन्दिप सापकोटा, नेकपा एमाले जिल्ला कमिटि सदस्य खुसीराम चौधरी, परिषद जिल्ला युवा समिति रुपन्देहीका अध्यक्ष सरोज पोखरेल, पुर्व अध्यक्ष बसन्त ढकाल, परिषदका अधिकृत श्यामकाजी खत्री लगायत नगरका जनप्रतिनिधी, राजनैतिक दल, समाजसेवी, कर्मचारीको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार