ताजा अपडेट »

बुटवलका डा.नन्दु पाठक कोभिड-१९ विशिष्ट सम्मानबाट सम्मानित

आइतबार, १७ साउन २०७८, १७ : ०७
32 Shares

बुटवल। बारबरा फाउण्डेशनले बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकलाई सम्मान गरेको छ । पाठक ‘कोभिड–१९ विशिष्ट सम्मान‘बाट सम्मानित भएका हुन्। अमेरिकन बारबरा फाउण्डेसनले कोरोना नियन्त्रण र रोकथामका लागि चिकित्शकको तर्फबाट उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो । सम्मानित हुनेमा डाः पाठक परेका हुन् ।

देशभरका २० चिकित्सकसहित नर्सिङ स्टाफ र सहयोगी गरी १ सय जनालाई सम्मान गरिएको हो । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच डाः पाठक सहित सबैलाई सम्मान गरिएको हो। सम्मानसँगै पाठकले नगद २ लाख ५५ हजार समेत प्राप्त गरेका छन् । पाठकले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल तथा अन्य केही निजी क्लिनिकमा लामो समयसम्म काम गर्दै अनुभव संगालेका छन्।

हाल उनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कोरोना फोकल पर्सनको रुपमा कार्यरत रहेका छन्। पुरस्कारको मूल्याकंन समितिमा डाः भगवान कोइराला, डा. लोसन कार्की, डा.सञ्जीव दुईत रहेका थिए। कोरोना महामारीको पहिलो लहरमा बुटवल लगाएत रुपन्देहीनै हटस्पट बनेको थियो । त्यस्तै दोस्रो लहरमा पनि रुपन्देहीमा संक्रमितको संख्या उच्च थियो ।

https://www.globalaawaj.com/archives/103280
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।