ताजा अपडेट »

जसपा लुम्बिनी : समानुपातिक सांसद चयनको सरगर्मी बढ्यो, निर्मला र यज्ञको नाम चर्चामा

आइतबार, १७ साउन २०७८, १४ : ०४
6 Shares

बुटवल । लामो समयसम्म बिबादमा तानिएको जसपाको लुम्बिनी प्रदेशको बिबाद केन्द्रको आधिकारीतका संग टुंगीएको छ । लुम्बिनीमा जसपा बिपक्षमा भएपनि पार्टिकै महन्थ ठाकुर पक्षका ३ सांसद मन्त्री बनेका थिए । उनीहरुलाई पार्टिले कारवाही गरेर सांसद पद गएको छ । सन्तोष पाण्डे र बिजय बहादुर यादब प्रत्यक्ष निर्वाचित भएपनि कल्पना पाण्डे भने समानुपातिक सांसद थिईन् ।

कल्पनालाई सांसद पदबाट हटाएसंगै समानुपातिकामा नयाँ सांसदलाई ल्याउने पार्टिले अन्तीम तयारीमा लागेको पार्टिका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादबले बताए । यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिले निर्णय गरेपछि मात्र जसपाबाट हुने नयाँ सांसदको टुंगो लाग्ने भएपनि केही नामहरु चर्चामा आएको उनले जानकारी दिए । बन्द सुचिमा तत्कालीन सबै पार्टिबाट आएका ब्यक्तिको नाम आउने भएपनि तत्काल २ जनाको नाम चर्चामा रहेको बताए ।

जसपाको लुम्बिनीको सामनुपातिक सांसदमा निर्मला मुडभरी भण्डारी र यज्ञ पोखरेलको नाम चर्चामा रहेको छ । भण्डारीको संभावना मुख्य रुपमा अगाडि आएपनि पोखरेलको पनि संभावना बलियो रहेको पार्टिको गोप्य स्रोतले जनाएको छ । पार्टिमा महिला सहभागिता प्रतिशतलाई हेरेर निर्णय हुने स्रोतले जनाएको हो । कल्पनालाई जसपाले कारवाही गरेसंगै निर्मला तत्कालीन राजपाको बन्द सुचिको अब १ नम्बरमा रहेकी छिन भने यज्ञ तत्कालीन नयाँ शक्तिको बन्द सुचिको १ नम्बरमा रहेका छन् ।

नियमावलीमा प्रदेश सभा सदस्यको पद रिक्त भएमा अर्को सदस्य मनोनयन गर्ने व्यवस्था छ । जस अनुसार रिक्त भएको जानकारी प्रदेश सभा सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराउनु पर्दछ।प्रदेश सभा सदस्य नियमावली २०७४ को नियम ४७ बमोजिम नयाँ मनोनयनको प्रक्रिया सुरु हुने छ।

रिक्त भएको जानकारी पाएपछि आयोगले सम्बन्धित दललाई अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउन सात दिनको समय दिई जानकारी गराउने छ ।जानकारी प्राप्त भएपछि सम्बन्धित दलले दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय अनुसार उम्मेदवारको बन्दसूचीमा कायम रहेको अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्नेछ ।

उम्मेदवार मनोनयन गरी पठाउँदा जुन समावेशी समूहको सदस्यको पद रिक्त भएको हो उपलब्ध भएसम्म सोही समावेशी समूहको उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्ने व्यवस्था छ । मनोनयन गरी पठाएको उम्मेदवारलाई आयोगले सदस्य पदमा निर्वाचित भएको घोषणा गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।