२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

काठमाडौँ । दक्षिणी अफगानिस्तानको कान्दहारमा शनिबार राति विमानस्थलमा रकेट प्रहार भएका छन्।कान्दहार विमानस्थलका प्रमुख मसुद पस्तुनले विमानस्थललाई लक्षित गरी तीन वटा रकेट प्रहार भएको समाचार संस्था एएफपीलाई जनाएका छन्।

Advertisement

‘गतराति विमानस्थलमा रकेट आक्रमण भयो, जसमध्ये दुई वटा धावनमार्गमा खसे। अहिले कान्दहार विमानस्थलको सेवा स्थगित भएको छ,’ उनले भनेका छन्। उनका अनुसार अहिले धावनमार्ग मर्मतको काम भइरहेको र छिट्टै उडान(अवतरण सुरू हुने उनले जानकारी दिए।

केही दिनअघि इदको प्रार्थना गरिरहेका बेला राष्ट्रपति भवनलाई लक्षित गरी रकेट हानिएको थियो। पछिल्लो समय विद्रोही समूह तालिबानले अफगानिस्तान भरी आक्रमण बढाएको छ। अमेरिकी र नाटो सैनिक फर्किएसँगै तालिबानले अधिकांश ग्रामीण क्षेत्रमा नियन्त्रण जमाएको छ।

अब उसले सहरलाई आफ्नो निशाना बनाएको छ। तालिबान अहिले पश्चिमको हेरात र दक्षिणको लास्कर गाह प्रान्तका राजधानी कब्जाको नजिक पुगेको छ। ठाउँ-ठाउँमा सरकारी सुरक्षाकर्मी र तालिबान लडाकुबीच भिडन्त हुँदा हजारौं मानिस विस्थापित भएका छन्।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार