ताजा अपडेट »

ओभर लोड नियन्त्रण गर्न बन्द अवस्थामा रहेका धर्मकाटा संचालनको सहमति

आइतबार, १७ साउन २०७८, ११ : २७
4 Shares

बुटवल । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको बुटवलमा विशेष बैठक सम्पन्न भएको छ । बैठकले ओभर लोड नियन्त्रणका लागि लुम्बिनी प्रदेशमा ट्रक यातायात व्यवसायी अन्तरगत बन्द अवस्थामा रहेका धर्मकाटालाई संचालन गर्ने निर्णय गरेको छ ।

धर्मकाटा संचालन नहुँदा स्वदेशी तथा भारतीय मालवहाक सवारी साधनले ओभर लोड ढुवानी गर्दा सडकको अवस्था जिर्ण बनेको र ओभरलोड नियन्त्रण गरि सबै व्यवसायीका सवारी साधन संचालन हुने पनि बैठकले निर्णय गरेको प्रदेश संयोजक यम प्रसाद पाण्डेले बताए । सरकारले हालै समायोजन गरेको ढुवानी भाडालाई व्यवहारमा कार्यान्वन गर्न गराउन सबै यातायात व्यसायीले सहयोग गर्न माग गरेको पश्चिमाञ्च यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेशका सल्लाहकार जित बहादुर भाटले बताए ।

प्रदेश संयोजक यम प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल, लुम्बिनी ट्रक समिति भैरहवा, वाणगंगा यातायात व्यवसायी समिति र राप्ती अंचल संयुक्त यातायात व्यवसायी समितिका पदाधीकारी तथा प्रदेशका पदाधीकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।