११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ्ग जिल्लाको राप्ती उपत्यका अर्थात गढवा गाउँपालिका र राप्ती क्षेत्रमामा हाल कृषि योग्य भुमि प्रशस्त्र मात्रामा छन् । “कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार गढवा गाउँपालिकाको समृद्धिको आधार” नारा तय गरेको राप्ती गाउँपालिमा अहिले लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी तोकिएको छ । गाउँपालिको १,२,३ गाउँपालिकालाई राजधानी बनाउने भनि प्रदेश सरकारको योजना रहेको छ ।

Advertisement

केही समय पहिला प्रदेशकै सरकारी कार्यालयले गरेको परिक्षण अनुसार यो क्षेत्रमा कृषि योग्य भुमि यथेष्ठ मात्रामा रहेको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशको भुमि व्यव्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले गढवा गाउँपालिकामा गरेको अध्ययन अनुसार खेती योग्य भुमिका लागि आवश्यक पर्ने तत्वहरु यथेष्ठ मात्रमा रहेको पाईएको थियो ।

माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकका प्रमुख अमरराज शर्मा घिमिरे (बरिष्ठ कृषि प्रसार अधिकृत) अनुसार गढवा गाउँपालिकामा गरिएको स्थलगत अध्ययनमा अझै माटोको अवस्था बिग्रीसकेको छैन । गढवा गाउँपालिकाका कृषि प्राविधिक नायव प्राविधिक सहायक हेमराज पुनका अनुसार गाउँपालिकामा कुल खेतीयोग्य भुमि १० हजार १ सय २९ हेक्टर रहेको छ।

दाङ्ग जिल्लामा लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकीएपछि गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ क्षेत्रमा अहिले धमाधम प्लटीङ्गको काम भैरहेका छन् । जसको कारण अवको केही बर्षमा नै उक्त क्षेत्र क्रकिंटको क्षेत्रमा परिणत हुनेमा दुई मत छैन ।

सरकारी तथ्यांक अनुसार नै खेतीयोग्य भुमिमै राजधानीको परिकल्पना गरिएको छ । प्रदेशकै माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले गरेको अध्ययन अनुसार गढवा गाउँपालिकामा बोट विरुवालाई आवश्यक पर्ने, खाद्यत्तव, प्रांगारिक पदार्थ, नाईट्रोजन, फस्फोरस, पोटास औषतमा सामान्य नै छ । गाउँपापलिकामा बर्षौदेखि खेती गर्दै आएको कारण पनि त्यहाँको माटोको अवस्था थप बिग्रीन पाएको छैन ।

माटो परिक्षण प्रयोगशालाको प्रतिवेदन अनुसार समग्रमा माटोको लागि चाहिने आवश्यक तत्वहरु प्राप्त मात्रामा रहेका छन् । प्रतिवेदन अनुसार माटोमा क्षारिय, नाईट्रोजनको स्थिति, प्रांगारिक पदार्थ, कम देखिएको भएपनि फस्फोरसको मात्रा अध्याधिक पाईएको थियो । यस्तै पोटासको स्थिति भने मध्ययम प्रकृतिको रहेको माटो परिक्षणको प्रतिवेदनमा उल्लेख छ ।
समग्र गढवा गाउँपालिकामा उच्च अम्लीय भएको माटोको हालसम्म शुन्य छ । यस्तै अम्लीय प्रकृतिको माटो पनि शुन्य छ भने हल्कमा अम्लीयको २२ वटा नमुना को कुल ४ सय ७७ हेक्टर क्षेत्रफल लिइएकोमा ९ प्रतिशत हल्का अम्लीय तत्व भएको पाइएको छ ।

यस्तै तटष्ठ प्रकृतिको माटो कुल ९६ वटा नमुनाबाट २ हजार १४ हेक्टर क्षेत्रफल लिएकोमा ३८ प्रतिशत माटो तटष्ठ प्रकृतिको रहेको पाइएको हो । माटोको पिएच मान ७ आसपासको क्षेत्रमा तटष्ट माटो रहन्छ जुन माटो बोट विरुवाहरुको लागि राम्रो माटो हो । यस्तै क्षारिय माटोको कुल १ सय ३२ वटा नमुनामा ३ हजार ९ सय ९ हेक्टर क्षेत्रफल लिइएकोमा ५३ प्रतिशत क्षारिय माटो पाइएको थियो ।

खासगरी तयाईको क्षेत्रमा क्षारिय माटो बढि मात्रामा हुन्छ उच्च गर्मी हुने स्थानमा हुने बोट विरुवाहरुको लागि क्षारिय माटो उपयुक्त हुन्छ । माटो परिक्षण पश्चात विज्ञ टोलीले माटोको गुणस्तर सुधारका लागि विभिन्न सुझाव समेत दिएको थियो । जसमा माटोको उर्वराशक्ती जोगाउनको लागि सरकारी निकाय, स्थानिय तह र सरोकारवालाले यो विषयमा ध्यान दिनुपर्न उल्लेख छ । तर अहिले विज्ञको सुझाव समेत कुल्चीदै राजधानी दाङ्गमा सहर विकास हुदै छ भने जग्गा प्लाटिङ्गमा परिणत हुदै छन ।

विज्ञ टोलीले गढवा गाउँपालिका क्षेत्रको माटोको अस्था राम्रो रहेको भन्दै जिमाटोको प्रतिक्रिया, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटास, आदि परीक्षण गरिएको मा जसलाई जोगाएर राख्नु चुनौती रहेको उल्लेख गरेका छन् ।

जिल्ला गढवा गाउँपालिका क्षेत्रको माटोको प्रतिक्रिया समग्र रुपमा क्षारिय, नाइट्रोजनको स्थिति कम, प्राङ्गारिक पदार्थ का फस्फोरस मध्यम र पोटासको स्थिति अत्याधिक वा राम्रो देखिन्छ’ वनजंगल बाट प्राप्त हुने स्याउला सोतर को उपयुक्त ब्यवस्थापन गर्ने हो भने दिगो माटो ब्यवस्थापन र बालीका लागि आबश्यक खाद्यतत्व व्यवस्थापन गर्न खासै कठिनाई पर्ने देखिंदैन ।’–विज्ञ टोलीको सुझावमा उल्लेख छ ।

माटोको उर्वराशक्तिको साथै विरुवाको लागि आवश्यक खाद्यतत्व प्रदान गर्न पनि प्राङ्गारिक पदार्थको बिशेष भुमिका रहने भन्दै सुझावमा माटोलाई दिगो रुपमा उर्बर बनाई राख्नको लागि पाङ्गारिक पदार्थ व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै यसको साथै सिफारिश बमोजिम मलखादको योग गर्नको साथै तलका कुराहरुलाई ध्यानमा राखी खेतीपाती गरेमा माटो दिगो रहनुको साथै चाहे जस्तो उत्पादन लिन सकिने उल्लेख छ ।

कुराकानीमा माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेका प्रमुख अमरराज शर्मा घिमिरेले कार्यालयले केही समय पहिला गरेको अध्ययन अनुसार खेतीयोग्य भुमिको विषयमा गरिएको थियो । तर केही समयदेखि खेतीयोग्य भुमि मासेर बस्ती विकास गर्ने परिपाटी विस्तार हुदै गएको भन्दै उनले यसलाई रोक्नको लागि खासगरी खेतीयोग्य जमिन जोगाएर मात्रै बस्ती बनाउने काममा जोड दिनुपर्ने बताउँछन् ।

उनी भन्छन्–‘बस्ती बसाउने ठाउँको पहिचान गरेर मात्रै त्यहाँ बस्ती बनाउने तर्फ ध्यान दिनुपर्दछ, होई भने खेती योग्य भुमी जोगाउन सकिदैन ।’ बरिष्ठ कृषि प्रसार अधिकृत रहेका कार्यालय प्रमुख घिमिरेले खेती योग्य जमिन र बस्ती बसाउने क्षेत्रलाई विभाजन गरी माटो जोगाउने गरी काम गर्नु नै अहिलेको आवश्यकता रहेको बताउँछन् ।-बुटवल टूडे

प्रतिकृया दिनुहोस्

Flash News

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत