२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

महोत्तरी। सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । बर्खाकालमा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै बढेका छन् ।

Advertisement

साउनको मध्यभित्रै सर्पदंशका ५३ घटना उपचारका लागि आएका सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाले जनाएको छ । तीमध्ये विषालु सर्पले टोकेका १५ घटनाको उपचार गरिएको केन्द्रका उपचार प्राविधिक टोलीका नेता इन्द्रबहादुर केसीले बताए । केन्द्रमा अहिले चार जना उपचाररत छन् । गत वर्ष पूरै साउनमा ४० सर्पदंशका घटना भएका थिए । यसै साउनको पहिलो सातामा गौरीडाँडामै एक १५ वर्षीय किशोरको सर्पदंशले मृत्यु भएको छ । केन्द्रमा अहिले दिनहुँ उपचारपछि घर फर्कने र उपचार लिन आउने बाक्लै छन् ।

असार मध्ययता र साउन पहिलो सातासम्म पटकपटकको मुसलधारे वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस भेगमा सर्पको बिगबिगी बढेको हो । सर्पदंशका बिरामी उपचार गर्न आएमध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १५ जनाको सफल उपचार भएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटा बताए । अन्य भने भाइबर (विष नलाग्ने सर्पको एक प्रजाति), बिच्छी र खजुराले टोकेको पुष्टि भएको उनको भनाइ छ । सर्पदंशका घटनामा ६० प्रतिशत महिला पर्ने गरेका छन् । घाँसपातको काम गर्दा र घरघरै शौचालय नहुँदा अँध्यारोमा दिसापिसाब गर्न बाहिर निस्कँदा मधेशमा सर्पदंशका घटनामा महिला बढी पर्ने गरेको देवकोटा बताए ।

बर्दिबास–१, २, ३, ४ र १४ सर्पको ‘खानी’ नै भएको यहाँको आम जनबोलीमा पाइन्छ । त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने देवकोटाको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिवासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दर्ता भएभन्दा निकै बढी घटना हुने गरेको देवकोटा बताए ।

विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छ जना प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएयता गत असार मसान्त (आर्थिक वर्ष २०७७/७८) सम्म एक हजार ९०४ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । 

केन्द्रमा उपचारका लागि नेपाली सेनाले उपलब्ध गराएका दक्ष प्राविधिक र औषधि (एन्टी स्नेक भाइल) हरदम तयार अवस्थामा रहे पनि भेन्टिलेटर नहुँदा कतिपय गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको केन्द्रले जनाएको छ । केन्द्रमै वा बर्दिवास अस्पतालमा भेन्टिलेटर प्रबन्धका लागि बर्दिबास नगरपालिका र स्वास्थ्य मन्त्रालयमा पटक–पटक आग्रह गरेको केन्द्रका अध्यक्ष देवकोटा बताए ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार