ताजा अपडेट »

मेलम्चीमा आएकाे बाढीले हेलम्बु क्षेत्रकाे लाइफ लाइन मानिने चनाैटे पुल बगायाे

आइतबार, १७ साउन २०७८, ०९ : ०१

काठमाडाैं। सिन्धुपाल्चोकमा आएको बाढीले चनौटैको रातोपुल बगाएको छ ।अविरल वर्षापछि नदीले धार फेरेर बग्दा पुल बगेको हो ।

चनौटेको रातो पुल पनि बगेपछि अब मेलम्ची बजार देखि माथि मेलम्ची नदीमा कुनै पुल बाकी नरहेको बाग्मती प्रदेशका सांसद युवराज दुलालले जानकारी दिएका छन् ।

उनले भनेका छन्,'असाधारण संकटको सामना गर्नु पर्ने स्थिति आएको छ । सबैले धैर्य गरौं । सबै जुटेर विपत्तिले सृजना गरेको आपतबाट जनजीवन सञ्चालन गरिनेछ ।'​

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।