ताजा अपडेट »

मेचीमहाकाली संयुक्त बुहारी आवाजद्वारा ४० परिवारलाई खाद्यन्न सहयोग

आइतबार, १७ साउन २०७८, ०८ : ५९
4 Shares

पाल्पा । मेचीमहाकाली बुहारी संयुक्त आवाजले पाल्पाको विपन्न परिवारलाई सहयोग गरेको छ । मेचीमहाकाली संयुक्त बुहारी आवाज लुम्बिनीको पहल ,पाल्पा शाखाको सहकार्य र नेपाल आर्यल्याण्ड समाजको आर्थिक सहयोगमा ४० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको हो । समूहले बगनासकाली गाउँपालीका–६, यम्घा भुटुके गुंगा क्षेत्रका विपन्न दलित समुदायका मजदुरी गरेर गुजारा गर्ने ४० घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । कोरोना महामारीबाट प्रभावित दैनिक छाक टार्न समस्या भएका ती परिवारलाई शनिबार एक कार्यक्रमको आयोजना गरी खाद्यान्न प्रदान गरिएको हो । मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनीकी संयोजक लता खड्काले बताइन्।

उनले भनिन् ‘गरिबीका कारण कोही भोकै बस्न नपरोस् भन्ने उद्देश्यले कोरोनाले रोजगारी गुमाई पीडामा परेकालाई चामल, दाल, नुन, चिउरा ,स्सनेयनबिन लगाएत गरी ८५ हजार रुपैयाँ बराबरको खाद्यन्न सामग्री सहयोग गरेका छौं । हामीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सहयोग गर्दै आएका छौं । आगामी दिनमा पनि निरन्तरता हुने छ।’

कार्यक्रमा संस्थाका प्रदेश र पाल्पा जिल्लाका पदाधिकारी, बग्नासकाली गाउपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा खाद्यान्न हस्तान्तरण गरिएको थियो भने खाद्यन्नका लागि नेपालका विभिन्न क्षेत्रमा जन्मेर रोजगारीको शिलसिलामा आएरल्याण्डमा बसोबास गरि सामाजिक क्षेत्रमा काम गर्दै आएकाहरूको सहयोग रहेको खड्काले जानकारी दिइन्।

बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रशाद बस्यालले स्थानीय तहमा भौतिक बिकास निमार्णका काम गरे जस्तै स्थानिय स्तरमा रोजगारीको अवसर सिर्जना गर्न नसक्दा तत्काल जनताको आर्थिक स्तर उकास्न समस्या परेको बताउँदै समस्या समाधानका लागि बर्षेनी बजेट छुट्यााएर स्थानीयको जिविको पार्जनमा सहज बनाउन विभिन्न किसिममा सिप तथा आयमुलक तालिम दिँदै आएको बताए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष सरस्वती चिडीले स्थानीयस्तरमा महिला,बालबालिका,दलित तथा अपाङ्गहरुका लागि बिभिन्न कार्यक्रम ल्याएको बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं.६ का अध्यक्ष लक्ष्मिप्रसाद अधिकारी, उद्योग बाणिज्य संघ बुटवलका कार्य समिति सदस्य जमुना पौड्याल ,बांके जिल्ला सहसचिव मिना चदरा (मनिषा)लगाएतले बोल्दै गरिबी न्यूनिकरणका लागि सरकार तथा सरोकारवाला निकाय सबैले हातेमालो गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रम संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता ,पाल्पा जिल्ला शाखाका संयोजक शान्ता सोमैको स्वागत मन्तव्य तथा लुम्बिनी प्रदेश सह–संयोजक रेनुका खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

https://www.globalaawaj.com/archives/119910
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।