ताजा अपडेट »

भारतीय ज्यादतीविरुद्ध कपिलवस्तुमा प्रदर्शन

शनिबार, १६ साउन २०७८, १५ : ४९
4 Shares

बुटवल । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली तर्ने क्रममा तुइन काटिदिँएको विरोधमा कपिलवस्तुमा विरोध प्रदर्शन गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी कपिलवस्तुको आयोजनामा शनिबार चन्द्रौटामा विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले 'सीमामा भईरहेको भारतीय ज्यादती बन्द गर', 'लिपेलुक कालापानी हाम्रो हो', 'नेपाल र नेपालीमाथि भईरहेको हत्या हिंसा बन्द गर' लगाएतका नारा र प्ले कार्ड सहित प्रदर्शनमा उत्रीएका हुन् । शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा ३५ वर्षीय जयसिंह धामी नदीमा बेपत्ता भएका थिए ।

यो पनि पढ्नुहोस् :

https://www.globalaawaj.com/archives/125152
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।