ताजा अपडेट »

एमालेमा माधव नेपालका लागि ठाउँ छैन : ओली

शनिबार, १६ साउन २०७८, १५ : २२
6 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने, आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’

ओलीले नेपाल बाहेककालाई पार्टीमा फर्कन आवहान गरेका छन् । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।