१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

मनाङ । मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ। गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो। जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा लामो प्रयासपछि बिहीबार मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएको सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए ।

उनले भने, “महिनौँ दिनपछि आज मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएका छौँ। सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र विभिन्न सुरक्षा निकायको निरन्तरको प्रयासपश्चात् नदीलाई पुरानै धारमा फर्कायौँ ।” अहिले नदी पुरानै बाटो हुँदै बगेको छ। नदीको बहावका कारण जोखिममा रहेका बस्तीको खतरा तत्कालका लागि हटेको स्थानीयले बताएका छन्। उता मस्र्याङ्दीमा आएको बाढीले चामे बजारमा रहेको एकमात्र झोलुङ्गे पुल पनि बगाएपछि समस्या थपिएको छ ।

यही साउन ५ गते राति आएको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुङ्गे पुल बगाएको छ। माथिल्लो मनाङ जाने बेलिब्रिज जोखिममा परेपछि स्थानीय उक्त पुलबाट आवातजावत गर्दथे। झोलुङ्गे पुल पनि बगाएपछि स्थानीयलाई वारपार गर्नसमेत अहिले समस्या भएको छ । असार १ को बाढीले मनाङमा सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा बढेसँगै सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक पन्थीले बताएका छन् । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘चाडपर्वको बेला सवारी दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुनु पर्छ’ कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द