१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पशुपति क्षेत्रमा प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने भएको छ । समितिअन्तर्गतको वाग्मती सरसफाइ र जनचेतना अभिवृद्धि उपसमितिको बैठकले सो क्षेत्रमा प्रत्येक हप्ता कर्मचारी र अभियानकर्मीको सक्रियतामा सफाइ गर्ने निर्णय गरेको संयोजक डा माला खरेलले जानकारी दिइन् ।

Advertisement

वाग्मती सफाइ महाअभियानको ४२९औँ हप्तामा आज गुह्येश्वरी मुनिको नदी किनारमा सफाइ गरिएको छ। गत हप्ता पनि गुह्येश्वरीमा सफाइ गरिएको थियो। अर्को हप्तादेखि सफाइ महाअभियान पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा प्रवेश गर्ने तयारी भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषसँग पनि सहकार्य गरिने जनाइएको छ। वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रको वाग्मती प्रदूषित हुने क्रम नरोकिएपछि यस्तो निर्णय गरिएको हो ।

समितिका सञ्चालक सदस्यसमेत रहेकी खरेलका नेतृत्वमा भएको कार्यक्रममा अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कर्मचारी, काठमाडौँ महानगरपालिका वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मी एवं समितिका कर्मचारीको सक्रियता थियो । यसैगरी, महाअभियानको ४२९औँ हप्तामा आज काठमाडौँ महानगरपालिका-११ स्थित थापाथली क्षेत्रमा फोहोरको डष्टबिन वितरण गर्नाका साथै फोहोर वर्गीकरण गर्न सिकाइएको छ। पहिलो चरणमा घरबाट निस्कने कुहिने फोहर राख्न १० जना स्थानीयवासीलाई डष्टबिन वितरण गरिएको वडाध्यक्ष हीरालाल तण्डुकारले बताए ।

कार्यक्रममा प्रसूति गृह पछाडिको खुला स्थानमा बाँसको वृक्षरोपण गरिएको छ। सो अवसरमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिना लगायतले महानगरपालिकाको ११ नं वडालाई सफाइमा नमूना बनाउन आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी, अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रको नदी किनारमा पनि सफाइ गरिएको छ। यसैगरी, वाग्मती गुह्येश्वरीमाथिको भाग, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तर र पश्चिमी भेगमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार जारी छ। वर्षायाममा नदीमा आउने बाढीले सफा देखिने गरे पनि हिउँदमा भने नदी फोहोर एवं दुर्गन्धित हुने गरेको छ। वर्षामा जस्तै हिउँदमा पनि वाग्मतीमा पर्याप्त पानी बगाउन निर्माण शुरु गरिएको धाप बाँधको काम पूरा नहुँदा कहिलेसम्म नदी फोहोर रहन्छ भन्न गाह्रो हुने देखिएको अभियानकर्मीको गुनासो छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र