८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

गुल्मी । जिल्लाबाट युकेको लण्डनमा पुगेर विभिन्न पेशा ब्यवसाय गर्दै आएका गुल्मेली युवाहरुले सर्जिकल मास्क सहयोग गरेका छन् । गुल्मी जिल्ला समाज युके संस्थामा आवद्ध युवाहरुले ३ लाख मास्क सहयोग पठाएका छन् । काठमाण्डौं स्थित गुल्मेली सहयोगी हातहरु नामक संस्था मार्फत पठाइएको उक्त मास्क जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण भएको छ । गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउचाका अनुसार ३ लाख २१ हजार सर्जिकल मास्क लण्डनबाटै पठाइएको हो । लण्डन स्थित होम इन्स्टेड कम्पनी लिमिटेड नामको कम्पनीमासंग समाजका सल्लाहकार गुल्मीका फत्त थापा मगरले समन्वय गरी सहयोग प्रदान गरिएको हो ।

Advertisement

नेपाल पठाउनका लागि समाजका अध्यक्ष टोपबहादुर पल्लीले सहयोग संकलन समिति गठन गरेका थिए । समितिका संयोजक महासचिव बिरबहादुर बलाल सल्लाहकार कोलेश्वर ढकाल, सह कोषाध्यक्ष तारा भट्टराई र सदस्य राधा खरेलले नेपाल ल्याउन सहजीकरण गरेका थिए । नेपाली दुतावास लण्डनले नेपालको अध्यागमन बिभागलाई पत्रचार गरि भन्सार छुट गराई दिएको थियो । उक्त सामग्री गुल्मेली सहयोगी हातहरु नामक संस्थाले गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मालाई हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष लिलामणि खरेल सविच विमल घिमिरे, कोषाध्यक्ष तथा पुर्वमन्त्री गोकर्णराज बिष्टका स्वकीय सचिव रमेशकुमार काउछा र सदस्य सुशिल भट्टराईले प्रमुख जिल्ला अधिकारी शर्मा, रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल लगायतको रोहवरमा हस्तान्तरण गरेका थिए । गत वर्ष पनि गुल्मी जिल्ला समाज युकेले ७ लाख ५० हजार मुल्य बराबरको कोभिड बिरुद्धको स्वास्थ्य सामग्री गुल्मी पठाएको थियो । जिल्लाको हरेक विपदमा सो संस्था प्रमुख सहयोगी बन्दै आएको छ । अपाङ्गता, असहाय र विपदमा परेका नागरिकहरुको उद्धार पनि गर्दै आएको छ ।

जिल्लाका १२ वटा पालिका मध्ये १० वटा गाउँपालिकालाई १०/१० कार्टुन अर्थात प्रति गाउँपालिका २५ हजारका दरले मास्क वितरण गरिएको छ । दुई वटा नगरपालिकालाई ३५ हजारका दरले मास्क वितरण गरिएको छ । गुल्मी अस्पताललाई ८ कार्टुनमा रहेको १७ हजार, पत्रकार महासंघलाई दुई कार्टुन, रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियुलाई १ कार्टुन र जिल्ला प्रशासनका कर्मचारी र सुरक्षा निकायलाई १७ काटुर्न सहित कुल १ सय ५२ कार्टुन मास्क बुझाइएको संस्थाले जनाएको छ ।

यसै बीच गुल्मेली सहयोगी हातहरु संस्थाले जिल्लाका १९ वटा विद्यालयका ३ हजार विद्यार्थीलाई १ करोड १७ लाख मुल्य बराबरको झोला वितरण गरेको छ । दोश्रो लहरको कोरोना महामारीमा अक्सिजनको अभाव भइरहेका बेलामा समेत संस्थाले ४५ वटा भरि अक्सिजन सिलिण्डर जिल्लामा पठाएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

१० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना