ताजा अपडेट »

टोकियो ओलम्पिक : आज चीनको प्रभाव घट्ने सम्भावना

शनिबार, १६ साउन २०७८, ०९ : २५
16 Shares
शनिबार, १६ साउन २०७८
16 Shares

काठमाडौँ । टोकियो ओलम्पिकमा आज शनिबार पनि एथ्लेटिक्स र पौडीकै स्पर्धा हुनेछन् ।

शुक्रबार पछाडि धकेलिएको अमेरिकालाई यो स्पर्धाले पनि उकास्ने छैन । एथ्लेटिक्समा स्वर्ण पदकको दाबेदार मानिएको मिश्रित ४ गुण ४ सय मिटर रिलेमा अमेरिका शुक्रबार डिस्क्वालिफाइड भएको छ । सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्ने अनुमान गरिएकी साकारी रिचर्डसन डोपिङमा परेका कारण जमैकाका स्प्रिन्ट क्वीन सानी अल फ्रेजियरले स्वर्ण पदक जित्ने सम्भावना प्रबल रहेको छ ।पुरुषको डिस्कस थ्रोमा स्विडेन बलियो दाबेदार मानिएका छन् ।

पौडीको महिला दुई सय मिटर ब्याकस्ट्रोकमा अस्ट्रलियाकी केली म्याककोनले स्वर्ण पदक जित्ने निश्चित मानिएको छ । पुरुष सय मिटर बटरफ्लाइमा केलेब ड्रेसल स्वर्ण पदकका दाबेदार रहेका छन् । यस स्पर्धामा हङ्गेरीका क्रिस्टोफर मिलाकले ड्रेसेलको कडा चुनौती रहने छन् ।

महिला ८ सय मिटर फ्री स्टाइलमा ४ सय मिटर फ्री स्टाइलकी विजेता अस्ट्रेलियाकी एरियन टिटमसले १५ सय की विजेता केट्टी लेडेकीलाई कडा चुनौती दिने र यो हेर्न लायक रेस हुन अपेक्षा गरिएको छ । सोही स्पर्धामा अमेरिकाकी १६ वर्षीया केटी ग्रिम्सले गर्ने प्रदर्शन पनि हेर्न लायकको हुनेछ ।

पहिलो पटक समावेश मिक्स मेड्लीमा अमेरिकाका पुरुष ब्रेस्टस्टोक र महिला फ्री स्टाइलमा पौडीबाज खराब लयमा रहेपछि बेलायत स्वर्ण पदकको दाबेदारको रूपमा रहेको छ । अनपेक्षित प्रदर्शन गरिरहेको चीन र अस्ट्रेलियाले पनि चुनौती दिने छन् ।

आर्चरीमा पुरुष एकलको फाइनल हुन छ । सो स्पर्धामा दक्षिण कोरिया स्वर्ण पदकको दाबेदार मानिएको छ ।ब्याडमिन्टनको पुरुष युगलको फाइनल स्पर्धा हुनेछ । फाइनलमा चिनियाँ जोडी र चाइनिज ताइपेईको जोडीका बीच खेल हुनेछ ।

फेन्सिङको महिला टिम साब्रेको पदकको टुङ्गो लाग्नेछ । जुडोको मिश्रित टिमको फाइनल खेल हुँदै छ । आयोजक जापान यसको मुख्य दाबेदार रहेको छ ।

महिला रग्बीको सेमिफाइनल र फाइनल हुनेछ । सेमिफाइनलमा न्यु जिल्यान्ड र फिजी तथा बेलायत र फ्रान्सका बीचमा खेल हुनेछ । सेलिङको महिला र पुरुष विन्ड रफको पदक टुङ्गो लाग्नेछ ।

सुटिङमा मिश्रित ट्यापको पदकको टुङ्गो लाग्ने छ । साथमा ५० मिटर थ्री पोजिसन राइफलको पनि पदकको टुङ्गो लाग्नेछ । टेनिसको महिला एकलको पदकको टुङ्गो लाग्नेछ । चेक गणतन्त्रकी भान्डोरुसा मार्केटा र स्विट्जरल्यान्डकी बेनकिक बेल्डिनाको बीचमा खेल हुनेछ ।

ट्रयपलोइन जिम्न्यास्टिकको पुरुष स्पर्धाको पदकको टुङ्गो लाग्नेछ । यस स्पर्धामा चीन उपाधिको दाबेदार मानिएको छ ।ट्रायथलनको मिक्स रिले पनि शनिबार आयोजना हुनेछ । भारोत्तोलनको पुरुष ८१ र ९६ किलो तौल समूहको फाइनल हुनेछ । यी स्पर्धामा चीन बलियो मानिएको छ ।

शनिबार पनि चीनले अमेरिका स्वर्ण पदकमा अझ पछि छाड्ने अनुमान गरिएको छ । यस पछि भारोत्तोलनका तीन स्पर्धामा चीनलाई स्वर्ण पदकको दाबेदार मानिएको छ भने टेबल टेनिस, ब्याडमिन्टन र डाइभिङका केही स्वर्ण पदक बाँकी रहनेछन् ।यी दुई बीच उपाधिको फैसला टिम गेम र कुस्तीमा अमेरिकाले पाउने सफलतामा निर्भर रहने देखिन्छ । एसेन्सीहरूको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।