२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल । लुम्बिनीमा एकपछी अर्को महिला सांसद हराएका घटना बाहिर आएका छन्। केही समय पहिला लुम्बिनी प्रदेशमा जसपा सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजानिक भएको ३ दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला वली शुक्रबार रातिबाट सम्पर्क बिहिन भएकि माओबादी केन्द्रले जनाएको छ ।

Advertisement

माओवादी केन्द्रका ससदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले सम्पर्कमा नरहेको बताएका हुन्। उनले बिमला वलि उपचारको लागि नेपालगन्जमा रहेको पारिवारिक स्रोतले बताएको बताएका छन्। उनले पार्टिले सम्पर्क गर्दा सम्पर्कमा नआएको र उहाको फोन अरुले नै उठाएर यो जानकारी गराएको बताए।

आजै ११ बजे ससदीय दलको बैठक रहेको र वलीलाई पहिलेनै जानकारी रहेकोले आउने नआउनेबाट केही कुरा थाहा हुने बताए। लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा रहदा गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्क बिहिन हुने घटनालाई निकै चासो दिइएको छ।

सांसद वलीको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क भएन । नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र तर्फ रहेको घोषणा गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार