ताजा अपडेट »

निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर सर्वोच्चमा

शुक्रबार, १५ साउन २०७८, २१ : ४८
10 Shares
शुक्रबार, १५ साउन २०७८
10 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदातलमा रिट दायर गरेका छन् ।  अध्यक्ष ठाकुरले आज सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको निर्णय बदर गर्न माग गरेको छ । उनले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारीको मागसमेत गरेका छन् । 

आयोगले यही साउन ११ गते जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको यादव पक्षलाई आधिकारिकता दिएको थियो । १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ । आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै अध्यक्ष ठाकुरले दायर गर्नुभएको रिटमा २०७८ असार १ गते आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग समेत गरेका छन् ।

निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने अध्यक्ष ठाकुरको रिट निवेदनमा उल्लेख छ । अध्यक्ष ठाकुरका तर्फबाट बारेस लिई प्रदीपकुमार पाठकले सर्वोच्चमा रिट दायर गरेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भएर जसपा पार्टी बनेको थियो । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।