ताजा अपडेट »

पत्रकार महासंघ रुपन्देहीले पत्रकारहरुको दुर्घटना बिमा गर्ने

शुक्रबार, १५ साउन २०७८, १८ : ५५
2 Shares

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार बसेको बैठकले पत्रकार महासंघ रुपन्देहीका साधरण सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारको परिचयपत्रका आधारमा हुने विमामा अधिकांश सदस्य छुटेकाले पत्रकार सुरक्षालाई मध्यनजर गरि दुर्घटना विमा गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।

अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले महासंघको कामलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा भौतिक पूर्वाधार उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा मोती न्यौपाने, पुनहरी बेल्बासे र नविन घिमिरे सदस्य छन । यसैगरि अर्का उपाध्यक्ष अमृता अनमोलको संयोजकत्वमा प्रकाशन उपसमिति गठन भएको छ । सदस्यहरुमा प्रकाश पाण्डे, प्रदीप आचार्य र सलमान खाँन सदस्य छन ।

यसैगरि सचिव विनोद परियारको संयोजकत्वमा तालिम तथा अन्तरक्रिया उपसमिति गठन भएको छ । सदस्यहरुमा राधेश्याम विश्वकर्मा, राज चौधरी र कमला पाण्डे छन । यसैगरि कोषाध्यक्ष सञ्जय सौगातको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति गठन भएको छ । सदस्यहरुमा शंकर पाण्डे, प्रकाश आचार्य र टंक सुनार रहेका छन ।

यस्तै सहसचिव विरेन्द्र कुँवरको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति बनाइएको छ । जसको सदस्यहरुमा कपिल अधिकारी, सलमान खाँन र नविन घिमिरे छन । यसैगरि अर्का सहसचिव माया केसीको संयोजकत्वमा लैंगिक तथा समावेशि उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा कमला पाण्डे, राधेश्याम विश्वकर्मा र मोती न्यौपाने सदस्य छन ।

बैठकले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार सम्बन्धी विधेयकले संविधान र प्रेस स्वतन्त्रता विरोधी भएकाले फिर्ता गरेर पुर्नलेखन गर्न माग गरेको छ । यसैगरि पूर्व अध्यक्ष तथा अग्रजहरुसँग रायसुझाव संकलन गर्ने गरि कार्यक्रम गर्ने बैठकले निर्णय गरको छ । यसैगरि कोरोना महामारीका बेलामा स्वास्थ्य सामाग्री तथा कोरोना आपतकालिन कोषमा सहयोग गर्ने तथा प्रदेश र स्थानीय सरकारलाई महासंघको संस्थागत र पत्रकार क्षमता अभिबृद्धिका लागि बजेट छुटाइएकोमा धन्यवाद दिने निर्णय गरेको सचिव विनोद परियारले जानकारी दिए ।

रुपन्देहीका सञ्चारगृह र कार्यरत सञ्चारकर्मीहरुको तथ्याङ्क संकलन गर्ने एंव संस्थाको बेवसाईड निर्माण गर्ने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।