ताजा अपडेट »

बुटवलका १६ सहित रुपन्देहीमा थपिए ३६ संक्रमित

शुक्रबार, १५ साउन २०७८, १६ : २२
2 Shares
शुक्रबार, १५ साउन २०७८
2 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २४९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १६, तिलोत्तमा नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा २–२ जना र ओमसतिया गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

अद्यावधिकर गरी विवरण र पछिल्लो २४ घण्टाको अवधिमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म जिल्लामा ५१६ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६३ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।