ताजा अपडेट »

लुम्बिनी प्रदेशका ३ मन्त्री सांसदबाट पदमुक्त

शुक्रबार, १५ साउन २०७८, १५ : ४०

बुटवल । जनता समाजवादी पार्टी जसपाका लुम्बिनी प्रदेशका ३ जना सांसद पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना प्रदेश सरकारका मन्त्री पनि हुन् ।जनता समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता सहसराम यादव र प्रमुख सचेतक पुरमती ढेँगा मगर सहित पार्टीका नेताहरू उनिहरूलाई पार्टीले कारबाही गरिएको पत्र बिहीबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको निति तथा कार्यक्रम पारित नगर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधेको र स्पष्टीकरणकाे चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पार्टीले उनिहरूलाई कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए । उनिहरूलाई जसपाकाे केन्द्रीय कार्यकारी समितिकाे बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियोे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।