२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

नयाँ दिल्ली । भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको १।२८ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १५ लाख ७२ हजार ३४४ रहेको छ । ती मध्ये ४२ हजार ३६० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या अघिल्लो दिनभन्दा बढी भएको छ ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख २३ हजार २१७ जनाको मृत्यु भएको छ । ती मध्ये ५५५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४६ करोड ४६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४५ करोड ६० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर