ताजा अपडेट »

आवासले बुटवलमै स्वदेशी हेल्मेट ‘यति’ उत्पादन गर्दै

शुक्रबार, १५ साउन २०७८, १३ : ५५
6 Shares

बुटवल । शहरी क्षेत्रमा सवारी चाप बढ़दो छ । ट्राफिक जाम एकतिर छ भने अर्कोतर्फ ठुला सवारी पार्किङको समस्या उस्तै छ । चार पाग्रे सवारीमा तोकिएको समय र ठाउमा पुग्न कठिन हुन्छ । यस्तोमा दुई पाग्रे सवारी उपयुक्त साधनका रूपमा लिईन्छ । छिटो र छरितो सवारी साधन भईकन पनि मोटरसाईकल सुरक्षित यात्रा गर्नु चुनौती छ ।

दुई पाग्रे सवारी लक्षित गरि आवास ग्रुप अन्तरगत मयुर स्टिल ईण्डष्ट्रिजले यति ब्राण्डका हेल्मेट, लेगार्डसहित एक दर्जन बढी आईटमहरू उत्पादन गर्दै आएको छ । स्वदेशमै गुणस्तरीय उत्पादन गरेको आवास ग्रुपका म्यानेजिङ डाईरेक्टर महेश थैवको दाबी छ । दुई पाग्रे सवारी युवाहरूका रोजाईमा पर्ने भएकाले पनि यात्रा सुरक्षित गराउन विभिन्न डिजाईनका हेल्मेट, ले गार्डहरू उत्पादन गर्दै आएको उनले बताए ।

पछिल्लोसमय एक दर्जन बढी सवारीका पार्टस उत्पादन गर्दै आएको उनले बताए । विसं २०७५ मा लेगार्ड उत्पादन शुरु गरेको ग्रुपले पछिल्लो दुई वर्षमा आठ प्रकारका मोडलमा हेल्मेट उत्पादन गर्दै आएको छ । नेपाली नाम दिने गरि यति नामाकरण गरिएको उनले बताए। नाम अनुसार नै हेल्मेट टिकाउ र गुणस्तरीय भएको उनले र दाबी गरे।‘यो नफुट्ने हेल्मेट हो। ’ उनले भने।‘सवारी महगो किन्ने तर सस्तो हेल्मेटमा हिडेको बेला दुर्घटनामा टाउकोमा चोट लाग्न सक्ने सम्भावना हुन्छ ।’ उनले भने ।

सस्तोभन्दा पनि थोरै मुल्य बढी हालेर गुणस्तरीय हेल्मेट किन्न उनको सुझाव छ । तीन मोडलका छ फुल फेस र पाच मोडलमा हाफ फेसका गरि ८ प्रकारका हेल्मेटहरू उत्पादन भैरहेको उनले बताए ।‘दशैमा नया २ प्रकारका हेल्मेट लन्चको तयारी गरेका छौ ।’ उनले भने । हेल्मेटमा नेपालको पहिचान झल्काउने गरि विभिन्न देवताहरूको फोटाहरू र डिजाईन गरिएको उनले बताए।

ग्रुपका संचालक यज्ञश्वर थैव स्वदेशमा उद्योग संचालन गर्नु फलामको च्युरा चबाउनु बराबर नै भएको दुखेसो गर्छन । स्वदेशी उत्पादन र युवा रोजगार दिने उद्येश्यका निक्कै मेहनत गरेर आवास ग्रुपमार्फत उद्योग खोलिएको उनले बताए । नेपालमा उद्योगमा नीतिगत धेरै कठिनाईहरू रहेको उनले बताए । हेल्मेट उत्पादन गरिसकेपछि पनि नेपाल सरकारसंग नेपाल गुणस्तर प्रमाणपत्रको मापदण्ड नहुदा धेरै कठिनाई भएको उनले बताए ।‘हाम्रो उत्पादनले अन्तराष्ट्रिय गुणस्तरको मापदण्ड प्राप्त गरेको छ ।’-उनले भने ।

कोभिड कै कारण फैक्ट्री संचालनमा कठिनाई उत्पन्न भएको उनले बताए । दैनिक १ हजार ५ सय क्षमता रहेको कम्पनीले हाल उत्पादन घटाउनुपरेको बताए । ’अहिले दैनिक १ हजार २ सय उत्पादन भैरहेको छ ।’ उनले भने । देशभर नै हेल्मेटको माग धेरै भएपनि उत्पादन धान्न नसकेको उनले बताए ।

करीब २५ करोड लागतमा जडान गरिएको फैक्ट्रीमा दुई पाग्रे सवारीका ले(गार्ड र हेल्मेटमात्र नभई अन्य विभिन्न आईटमहरू उत्पादन हुँदै आएको छ । यसैगरि हेडलाईट शो, टंकि कभर, मोटरगार्ड, साईड प्यानल, सेल प्यानल, स्कुटीको फ्रन्ट कभर, साइड कभर, ब्याक लाईट शो, हेड शो भाईजर गरि एक दर्जन बढी आईटम उत्पादन गर्दै आएको छ । जसमा २ सय बढि कामदारहरूले रोजगार पाईरहेका छन ।-स्वस्तिक श्रेष्ठ /बुटवल टूडे

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।