ताजा अपडेट »

लुम्बिनीका प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

शुक्रबार, १५ साउन २०७८, १२ : ०६
6 Shares

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन्। शुक्रबार बिहान प्रदेश प्रमुखले शेरचनले कार्यभार पदभार ग्रहण गरेका हुन्। लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक सेरचनले पदभार ग्रहण गर्दै संविधानलाई आफू अनुकुल व्याख्या र मिच्ने स्थितिको सिर्जना नहोस भन्ने कामना गरेका छन् ।

आफूले जिम्मेजारीमा रहँदासम्म संविधानभन्दा बाहिर गएर काम नगर्ने प्रतिवद्धता गर्दै उनले साझा सहमती र साझा सहकार्यका साथ अघि बढ्ने बताए । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख भइसकेका छन् । तत्कालिन ओली सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरेको थियो । लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर सरकारले अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। नेकपा माओवादीको सिफारिसमा सरकारले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।