ताजा अपडेट »

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले आजबाट पदभार ग्रहण गर्दै

शुक्रबार, १५ साउन २०७८, १० : ५१
6 Shares

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्ने भएका छन् । शुक्रबार बिहान ११ बजेपछि प्रदेश प्रमुखले शेरचनले कार्यभार सम्हाल्ने भएका हुन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख भइसकेका छन् ।

तत्कालिन ओली सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरेको थियो ।
लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर सरकारले अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। नेकपा माओवादीको सिफारिसमा सरकारले शेरचनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

https://www.globalaawaj.com/archives/124395
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।