ताजा अपडेट »

सरस्वती छनौट चरणबाटै बाहिरिइन् ,नेपालको ओलम्पिक यात्रा सकियो

शुक्रबार, १५ साउन २०७८, ०७ : ३१
2 Shares

टोकियो ओलम्पिक-२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ ।एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला दौड प्रतिष्पर्धामा नेपालकी सरस्वती चौधरीले यसअघि साफमा आँफैले बनाएको किर्तिमान समेत कायम राख्न सकिनन् ।

छनौट चरणको ९ जना सम्मिलित प्रतिष्पर्धामा सरस्वती आठौं भएकी थिइन । साफको महिला १०० मिटर दौडमा उनको रेकर्ड १२:५५ सेकेण्ड रहेकोमा आज १२: ९१ सेकेण्ड सो दुरी पार गरेकी थिइन् । छनौट चरणमा उनले तेश्रो स्थानसम्म कायम गर्न सकेको भए प्रतिष्पर्धाको सेकेण्ड हिटमा मौका पाउने थिइन ।

युनिभर्सियालियाटी कोटा अन्तर्गत ओलम्पिकमा सहभागी सरस्वतीको आजको प्रतिष्पर्धा अन्तिम हो । ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपालका ५ जना खेलाडीले स्विमिङ , जुडो, सुटिङ र एथ्लेटिक्स गरी ४ खेलमा सहभागीता जनाएका छन् ।

स्विमिङ पुरुषतर्फ एलेक्स शाह वाहेक अन्य खेलाडीले खासै प्रगित हासिल गर्न सकेनन् । स्विमिङमा एलेक्सले विगतको आफ्नै किर्तिमान तोडेका थिए ।तीन खेलाडीले युनिभर्सियालियाटी कोटा अन्तरगत र दुइ खेलाडीले वाइल्ड कार्ड मार्फत सहभागीता जनाउने अवसर पाएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।