ताजा अपडेट »

एकदिवसीय क्रिकेट : कप्तान पारससहित चार महत्वपूर्ण खेलाडी आउट

शुक्रबार, ११ माघ २०७५, ०६ : ५७
6 Shares

माघ ११,

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्सविरुद्धको पहिलो एकदिवसीय क्रिकेटको खेल जारी छ । यी दुई टिमबीचको खेल दुबईस्थित आईसिसीको क्रिकेट एकेडेमीमा भइरहेको छ । नेपालले टर हारेर पहिले ब्याटिङ गरिरहेको छ । हामीले यो समाचार तयार पार्दासम्म नेपालले चार विकेट गुमाइसकेको छ ।

जारी खेलमा खराब प्रर्दशन गरेको नेपालका ओपनर ब्याट्सम्यान  तथा उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए । उनलाई गुलाम शाबेरले क्याच आउट गरे । त्यस्तै अर्का ओपनर ब्याट्सम्यान बिनोद भण्डारीलाई पनि शाबेरले क्याच आउट गर्दै पेभेलियनमा फर्काए । उनले १४ बलमा मात्र ५ रन बनाए ।

कप्तान पारस खड्का रन बनाएर आउट भए । ३६ बलमा ३ चौका प्रहार गर्दै २० रन जोडेका उनी अमिर हायातले क्याच आउट गरे ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका दिपेश सिंह ऐरी लाई फहाद नवाजले रन आउट गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।