२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

काठमाडौं । नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा रु दुई अर्ब १७ करोड राजस्व संकलन गरेकामा गत आवमा रु दुई अर्ब ९० करोड संकलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व संकलनमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार चाँदी बरामदबाट भने १०० प्रतिशत नै बढी राजस्व संकलन भएको छ । अवैध मुद्रावापत झण्डै ७०० प्रतिशतले राजस्व संकलन वृद्धि भएको प्रवक्ता कुँवरले जानकारी दिए ।

यसैगरी सुन बरामदबाट ३३ दशमलव ७५ प्रतिशतले राजस्व संकलन बढेको छ । ट्रफिक कारवाहीमा समेत ३० दशमलव ७६ प्रतिशतले बढेको छ । अवैध सुन बरामदबाट प्रहरीले अघिल्लो वर्ष रु २० करोड ३० लाख राजस्व संकलन गरेकामा गत वर्ष रु २७ करोड १५ लाख संकलन गरेको छ । अवैध मुद्रामा अघिल्लो वर्ष ९९ लाख राजस्व संकलन गरेकामा गत आर्थिक वर्षमा रु ७ करोड बढी राजस्व संकलन गरेको छ ।

यस्तै गत आर्थिक वर्षमा अवैध सामान बरामदबाट रु ८५ करोड राजस्व संकलन भएको छ । नेपाल प्रहरीतर्फ गत आर्थिक वर्ष रु २८ अर्ब ३६ करोड बजेट विनियोजन भएकामा राजस्व संकलन सहायताका आधारमा १० दशमलव २५ प्रतिशत योगदान प्रहरी कारवाहीबाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए