२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

फाईल फोटो

दमौली । तनहुँको ऋषिङ गाउँपालिका जाने मुख्य सडक २० दिनपछि पूर्ण रुपमा सुचारु भएको छ । गत असार २४ गते आएको पहिराले अवरुद्ध भएको श्रृङ्गपथ आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो । पहिराका कारण उक्त सडकखण्डको ऋषिङ गाउँपालिका–८ अ‍ैरीभिर पूर्ण रुपमा बन्द थियो । पहिरो हटाएर उक्त खण्ड नियमित गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । गाउँपालिका जाने मुख्य सडकखण्ड पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो ।

“गाउँपालिकाकै पहलमा आजबाट पहिरा हटाई ठूला सवारी साधनसमेत सञ्चालन भइसकेको छ, ठूलो पहिरा भएका कारण पूर्ण रुपमा सुचारु गराउन समय लाग्यो”, दरैले भने । उक्त खण्ड पहिराले अवरुद्ध हुँदा झापुटार हुँदै सर्वसाधारण गाउँपालिकासम्म जानुपर्ने बाध्यता थियो ।असारमा आएको पहिराले जिल्लाका अधिकांश ग्रामीण भेगका सडक अवरुद्ध भएका थिए । अधिकांश स्थानमा पहिरा हटाएर बाटो नियमित भएको छ भने अझै पनि केही ठाउँमा पहिरो हटाउन बाँकी छ । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर