ताजा अपडेट »

अर्घाखाँचीमा साउन १६ देखि पूर्णकालिन निषेधाज्ञा

विहीबार, १४ साउन २०७८, १९ : १४
14 Shares

अर्घाखाँची । अर्घाखाँचीमा साउन १६ देखी अर्घाखाँचीमा पूर्णकालिन निषेधाज्ञा हुने भएको छ । आज बसेको डिसिसिएमसी को बैठकले निर्णय १६ गते राती १२ बजेबाट लागु हुनेगरी ३० गतेसम्म पुर्ण निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागु गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताए ।

अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने निर्णय भएको छ ।

यसैबीच अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले अर्घाखाँची सहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा कपिलवस्तु, पाल्पा, गुल्मी, प्युठान, झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्।

यस्तै २२ जिल्ला जोखिम क्षेत्रमा परेका छन्। जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।