१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं । सांसदहरुले निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव दिएका छन्। राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सांसद र अधिकारकर्मीले समयाअनुकूल निर्वाचन ऐन संशोधन गरी समावेशी बनाउनुपर्ने सुझाव दिएका छन् ।

Advertisement

सांसद विन्दा पाण्डेले कानून संशोधन गरी ३० प्रतिशतको सट्टा ५० प्रतिशत महिला उम्मेदवार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए। सांसद बिना श्रेष्ठले राज्यका हरेक संरचनामा ५० प्रतिशत महिलाको सहभागितालाई कानूनी रुपमा सुनिश्चित गर्नुपर्ने बताईन् ।

सांसद गोपी अछामीले राजनीतिक दलको मानसिकताकै कारण स्थानीय तहको निर्वाचनको उपप्रमुख पदमा महिला मात्रै उम्मेदवार बनाउने गरिएको बताउँदै त्यसलाई संशोधन गरी कानूनमै सुधार गर्नुपर्ने धारणा राखे। सांसद उदया शर्मा पौडेलले जनसङ्ख्याको हिसाबले महिला मतदाताको सङ्ख्या घट्दै गएकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

अधिकारकर्मी डा रेणु राजभण्डारीले देशभित्रै रहेका घरेलु महिला विभिन्न कारणले मतदान गर्नबाट वन्चित भएको बताउँदै उनीहरुको मताअधिकार सुनिश्चित् हुनुपर्ने माग गरे। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले विदेशमा रहेका नेपालीको मताधिकारको प्रबन्ध मिलाउने तयारी गरिरहेको जनाकारी दिए ।

उनले कम्तीमा ३३ प्रतिशत महिला सबै तहका समितिमा समावेश गर्नुपर्ने कानूनी व्यवस्था भए पनि पहिले दर्ता भएका राजनीतिक दलहरुले व्यवस्था नगरेका कारण त्यसलाई अनिवार्य बनाउने कार्ययोजना सुनाए । रासस

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड