२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

बुटवल । बुटवलको साझा अस्पतालले सेवा विस्तार गर्दै आइसियू सुविधा थप गरेको छ । अस्पताल स्थापनाको २ वर्षमै सेवा विस्तार गर्दै ४ बेडको आइसियू सुविधा र ५ बेडको एनआइसियू सुविधासहितको सेवा विस्तार गरेको छ । यो विस्तारसँगै अस्पतालमा ९ वटा आइसियू सहितको सुविधा विस्तार गरिएको अस्पतालका अध्यक्ष गोविन्द खनालले जानकारी दिए ।

Advertisement

विहिबार अस्पतालमा आइसियू सेवाको उद्घाटन गर्दै अध्यक्ष खनालले भदौको पहिलो हप्ता भित्रै अस्पतालमा सुविधा सम्पन्न १० बेडको निशुल्क मृगौला डाइलासिस सुविधा समेत विस्तार गर्ने जानकारी दिए । ६ करोड बढी लगानी रहेको अस्पतालले सरकारले निर्धारण गरेका मापदण्ड अनुसार बुटवल क्षेत्रमै सय बेडको सुविधासम्पन्न अस्पताल निर्माणको प्रक्रियालाई समेत अगाडि बढाएको छ ।

बुटवल–८ मा अवस्थित यस अस्पतालमा न्यूरो सर्जरी, ट्रमा सेवा, अर्थो, ल्याप्रोसकोपी सर्जरी, न्यूरो सर्जन, बाल सर्जन, जेनरल सर्जन, पेडियार्टिक, प्रसुती सेवा तथा टेस्ट ट्युव वेवी लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको अस्पतालका मेडिकल सुपरिटेण्ट डा.लक्ष्मण शर्माले बताए । ३ वर्ष भित्र भौतिक संरचना तयार पारी सेवा सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढिएको अस्पतालले जानकारी दियो । सय बेडको अस्पताल निर्माण भएपछि यस क्षेत्रबाट स्तरीय र जटिल खालका उपचारका लागि जिल्ला बाहिर जानु पर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको अस्पताल प्रशासनले जानकारी दियो ।

सरकारले आगामी तीन वर्षभित्र अस्पताल संचालनको मापदण्ड भौतिक पूर्वाधार तयार नगर्ने अस्पताललाई संचालनमा प्रतिवन्द्ध लगाउने नीतिलाई परिपालना गर्दै सार्थक बनाउन कम्तिमा ४० करोड लगानीमा सय बेडको अस्पताल बनाउने गरि तयारी गरेको अस्पताल प्रशासनले जनाएकोे छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा