ताजा अपडेट »

बुटवलका १४ सहित रुपन्देहीमा थपिए ३५ संक्रमित

विहीबार, १४ साउन २०७८, १६ : ३९
4 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २५१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १४, देवदह नगरपालिका ५ जना, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिकाका ४–४, सिद्धार्थनगर नगरपालिका २ जना, कञ्चन गाउँपालिका र रोहिणी गाउँपालिका १–१ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।हालसम्म जिल्लामा ५१४ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३७० रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।