ताजा अपडेट »

तिलोत्तमा पार्कमा फर्निचर संघको वृक्षारोपण

विहीबार, १४ साउन २०७८, १६ : २०
6 Shares

बुटवल । बुटवल फर्निचर उद्योग संघ रुपन्देहीले विहिबार वृक्षारोपण गरेको छ । तिलोत्तमा नगरपालिका–६ स्थित तिलोत्तमा पार्कमा संघको वार्षिक कार्यक्रम अन्तरगत कपुरको बिरुवा लगाइएको हो । प्राकृतिक रुपमा हेर्दा हरियाली हुने र पयार्वरण जोगाउने गरि प्रत्येक वर्ष वृक्षारोपण गर्दै आएको संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले बताए । यो वर्ष कपुरका ३० बढी बिरुवा रोपेको उनले बताए । संघका उपाध्यक्ष तेज प्रसाद पराजुली, संघका निर्वतमान अध्यक्ष विष्णु पाण्डे, सल्लाहकार माधव पौडेल, महासचिव असोक कुंवर, सचिव बाल्दर गोदार, कार्यक्रमका संयोजक भोजराज पाण्डेले वृक्षारोपणसंगै विरुवाको संरक्षणलाई जोड दिनुपर्ने बताए ।

तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले पार्कलाई सौन्दर्यिकरण गराउन सरकार र स्थानीय संघसंस्थाहरुको सहयोगमा अघि बढेको बताए । तिलोत्तमा नदी किनारको १५ विगाहा क्षेत्रफललाई संरक्षण गरेर तिलोत्तमा पार्कको पुर्वाधार तयार भएको भन्दै आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन आफूहरु लागेको उनले बताए । यसअघि संघले वार्षिक रुपमा हिलपार्क, पिस पार्क, बुद्घ बिहार, शंकरनगर वन बाटिका तथा अनुसन्धान केन्द्रमा वृक्षारोपण गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।