ताजा अपडेट »

बाल्गुङको तुरतुरे ताल फुट्यो, मध्ये पहाडी लोकमार्ग बगायो

सोमबार, २० साउन २०७६, १४ : ५३

साउन २०,
गुल्मी । गुल्मी सिमाना र बाग्लुङ जिल्लाको तुरतुरेमा पहिरोले खोला थुनिएर बनेको कृतिम ताल फुटेको छ । गत वर्षको भदौमा पहिरोले बनेको ताल एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बढिघाट गाउँपालिका वडा नम्बर ७ र डोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टान सहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । पानीको चाप बढेपछि राति २ बजेपछि ताल फुट्न थालेको हो ।


तालको पानी फुटेर बग्न थालेपछि त्यस स्थानमा डुवानमा परेका घरहरु र खेतहरु पनि देखिन थालेको स्थानिय सञ्चारकर्मी कमल पौडेलले बताए । तालको पानी वग्न थालेपछि रातिदेखि नै त्यस स्थानका स्थानियहरु त्रसित बनेका छन् । ताल फुटेसँगै बढिघाट गाउँपालिकाको भिङगिठे अन्र्तगत मध्ये पहाडी लोकमार्ग सडकको २ सय मिटर पक्की मोटरबाटो समेत बगाएको छ । बाटो बगाउँदा गुल्मीहुँदै बाग्लुङ बुर्तिबाङ सडक अबरुद्ध बनेको छ । सडक अवरुद्ध भएसँगै बुर्तिबाङहुँदै वाहिर जाने यातायातका साधनहरु बन्द भएको छ । बाटो बगाउँदा त्यस स्थानका स्थानियलाई पैदन यात्रा गर्न पनि बन्द भएको छ ।

ताल फुटेपछि नदि किनारमा रहेका बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका नदि किनारका मानिसहरु उच्च जोखिममा परेका छन् । नदि किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । गुल्मी तर्फ नदि किनारमा पानीको वहाफ वढन साथ पूर्व सुचना यन्त्र पनि जडान भएको छ । पानीको बहाफवढन साथ राति ३ बजेबाट त्यसले पूर्व सुचना प्रवाह गरिरहेको पैमुख जिल्ला अधिकारी पौडेलले बताए ।

तालको पानी बग्न थालेपनि कुनै क्षती नगरेको र थप क्षती हुन नदिन पनि सतर्कता अपनाइरहेको प्रजिअ पौडेलको भनाई छ । वर्षात पनि भइरहेकाले तटीय क्षेत्रमा सर्तकता अपनाउनु पर्ने अवस्थालाई भने सुरक्षा निकायले सबैलाई सचेत बनाइरहेको छ । गत वर्ष सो पहिरोले ताल बनेको बाग्लुङका सिमल चौरका ४ घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।