ताजा अपडेट »

‘युवा दुव्र्यसनीमा होइन, उद्यममा लाग्नुपर्छ’

विहीबार, १४ साउन २०७८, १३ : ५२
4 Shares

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवालाई उद्यममा लाग्न आग्रह गरेको छ । विश्व हेपाटाइटिस दिवसका अवसरमा बुधबार रिकभरिङ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले युवा घर,समाज र मुलुक निर्माणको महत्वपूर्ण संवाहक भए पनि पछिल्लो समय युवा लागुऔषध दुव्र्यसनीको शिकार बन्दै गएका र यसबाट समाजलाई ठूलो क्षति पुग्ने  बताए । 

युवालाई उद्यममा अग्रसर गराउन सके सरकारले सहुलियत कर्जा, ब्याजमा अनुदानजस्ता युवामैत्री कार्यक्रम अघि सारेको छ भन्दै मन्त्री बुढाक्षेत्रीले हरेक क्षेत्रमा  पछि परेको कर्णालीका युवा उद्यमतर्फ लागे प्रदेश सरकार र आफ्नो मन्त्रालय सहयोग र समन्वय गर्न तयार रहेको जानकारी  दिए । 

लागुऔषध प्रयोगकर्ता र उपचार तथा क्षति न्यूनीकरण सेवादायी संस्थाहरुको सञ्जाल भएकाले युवा लक्षित कार्यक्रममा  समन्वय गर्न आफूहरु तयार भएको रिकभरिङ नेपालका कर्णाली प्रदेश अध्यक्ष ललित भट्टराईले जनाए ।

रिकभरिङ महासङ्घले विश्वभर ११ करोडभन्दा बढी व्यक्तिले सुईबाटै लागुऔषध सेवन गर्ने गरेको अनुमान गरेकोे  र त्यीमध्ये झण्डै आधामा हेपाटाइटिस ‘सी’ हुनसक्ने भएकाले सरोकारवालाले बेलैमा ध्यान नपु¥याए  ठूलो समस्या आउन सक्ने जनाएको छ ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।