ताजा अपडेट »

बुटवलका बिभिन्न पसलमा सडेको मासु बिक्री, करिब ८० किलो बरामद गरी नष्ट

विहीबार, १४ साउन २०७८, १३ : २८
2 Shares

बुटवल । बुटवलका विभिन्न पसलहरुमा सडेको अस्वस्थकर माछा तथा मासु विक्रि गरेको भन्दै नियन्त्रणमा लिइएको छ । आधा दर्जन बढी मासु पसलहरुमा विहिबार अनुगमन गर्दा भेटिएका करिब ८० किलो बराबरको माछा-मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

बुवटलको नेपालगञ्ज रोड, भुड्किाचोक लगायतमा स्थानमा रहेका पसलहरुमा विक्रिका लागि राखिएका मासु सडेको तथा अस्वस्थकर भेटिएको हो । बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्जरोड स्थित सद्दाम मासु पसल र कुरैसी मासु पसलमा अनुगमन गर्दा अस्वस्थकर मासु भेटिएको थियो । नेपालगन्ज रोडमा रहेको एउटै पसलबाट ३८ किलो माछा र अस्पताललाईन स्थीत भुडकी चोकमा रहेको एक पसलबाट २५ किलो मासू नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

नेपालगन्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा ३८ किलो माछा तथा अस्पताललाईन स्थीत भुडकी चोकमा रहेका ताहिर मासू पसलबाट २५ किलो मासू सडेको भेटिएको थियो भने खसी तथा बोकाको भनेर बाख्रीको मासू बेच्न राखेको पाईएपछि उक्त मासु नष्ट गरिएको थियो । यस्तै बुटवलको सब्जीमण्डी स्थित सटरमा टोलछिमेकमै दुर्गन्ध फैलाउनेगरि मासु पसलहरु सञ्चालन भएको भन्दै अनुगमन समितिले चेतावनी दिएको छ । त्यहाँका करिब आधा दर्जन सटरहरुमा अव्यवस्थित तरिकाले मासु पसल सञ्चालन भएको पाइएपछि तिनलाई सुधार गर्न तथा स्थानान्तरण गर्न सुझाव दिइएको उपभोक्ता हीत संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए । ती सटरहरुमा राँगा, पाडा तथा भैंसीको समेत मासुलाई अस्वस्थकर तरिकाले विक्री वितरण गर्ने गरेको र छाला र हड्डीहरुसमेतलाई असरल्ल रुपमा दुर्गन्ध फैलाउनेगरि भण्डारण गर्ने गरेको पाइएको छ ।

अस्वस्थकर र सडेको अवस्थामा राखिएका त्यस्ता माछामासुजन्य पदार्थलाई अनुगमन समितिले नियन्त्रणमा लिएर रोहबरमा नष्ट गरिएको अनुगमन समिति संयोजक तथा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछा मासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफासुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला पारिएको र त्यसलाई नष्ट गरिएको आचार्यले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।