ताजा अपडेट »

पुर्नवहालीको माग गर्दै लुम्बिनीका दुई पूर्वमाओवादी सांसद सर्वोच्चमा, आज सुनुवाई

विहीबार, १४ साउन २०७८, १३ : २८
4 Shares

बुटवल । नेकपा एमालेमा प्रवेश गरेर कारवाहीमा परेका पूर्वमाओवादीका दुई सांसदको आज सुनुवाई हुदैँछ । दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरूलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै पुर्नवहालीको माग गदै सर्वोच्च अदालतमा साउन ७ गते अदालतमा रिट दायर गरेका थिए ।

उनीहरुले सर्वोच्च अदालतमा दायर गरेको सो निबेदनको आज अन्तरिम आदेश हुने नहुने टुंगो लाग्ने निवेदकहरूका तर्फबाट मुद्धा हेरिरहेका अधिवक्ता ईश्वरी भटराईले बताए। निवेदकहरूले नेकपा माओवादी केन्द्र, लुम्विनी प्रदेश प्रदेशसभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाई निवेदन दिएका छन्।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र बुताँइदिएपछि उनीहरु मााओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।