ताजा अपडेट »

भैरहवाका ४५ घरलाई राहत वितरण

विहीबार, १४ साउन २०७८, ११ : १६
2 Shares

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर १२ का ४५ परिवारलाई बुधबार राहत वितरण गरिएको छ । बेलायतमा रहेका भैरहवावासीको समूह सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा भैरहवाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

४५ घरपरिवारलाई १५ केजी चामल, ५ केजी चिउरा, ५ केजी पिठो, प्याज, चिनी, तेल गरी प्रतिपरिवार २ हजार १ सय ५० रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको थानीय समन्वकर्ता ओम कुमार श्रेष्ठले बताए । हाल बेलायतमा बस्ने भैरहवावासीहरुले सिद्धार्थनगर भैरहवा परिवार–बेलायत नामक समूह स्थापना गरी भैरहवामा रहेका अतिविपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम पठाएको र सोही रकमबाट राहत वितरण गरिएको श्रेष्ठले बताए ।

शर्मिला हिराचनको संयोजकत्वमा रहेको सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको सहयोगमा यस अघि प्रथम चरणमा निषेधाज्ञाको समयमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज .(युसीएमएसं)मा उपचाररत बिरामी र बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिएको, दोस्रो चरणमा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी मृृगौलासम्बन्धि रोगबाट पीडित अर्जुन राना, कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डे र क्यान्सरबाट पीडित सिद्धार्थनगर–८ की मञ्जु रानालाई उपचारका लागि २५/२५ हजार रुपैयाँ प्रदान गरिएको उनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।