ताजा अपडेट »

समूह बिजेता बन्दै ब्राजिल टोकियो ओलम्पिकको क्वाटरफाइनलमा

विहीबार, १४ साउन २०७८, १० : २०
2 Shares

काठमाडौँ । समूह ‘डी’ को बिजेता बन्दै ब्राजिल टोकियो ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको खेलमा ब्राजिलको यू-२३ टिमले साउदी अरेबियाको यू-२३ टिमलाई ३-१ गोलले पराजित गर्दै अन्तिम आठमा पुगेको हो  ।ब्राजिलको जितमा रिचार्लीसनले दुई गोल गरे । यस्तै म्याथुएसले एक गोल गरे । साउदीका अब्दुलाह अल अम्रीले एक गोल फर्काए  ।यस समूहबाट आइभरी कोष्टले अन्तिम आठमा स्थान बनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।