२१ माघ २०७९, शनिबार

Feb 4, 2023

काठमाडौ । काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गरेकि छन ।

Advertisement

विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर बढाई २५० पुर्‍याउने लक्ष्य राखेकामा हाल यो सङ्ख्या २३५ पुगिसकेको थाहा पाउँदा खुशी लागेको र बाँकी समयावधिमा तोकिएको लक्ष्य पूर्णरूपमा हासिल हुने विश्वस्त व्यक्त गरेकि हुन ।

उनले ‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ मनाइने दिवसका सन्दर्भमा नेपालले बाघ संरक्षणमा उल्लेखनीय नतिजा हासिल गरी विश्वसामु विशेष सन्देश दिन सफल भएको जनाईन ।

राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनरुत्थान गर्न ठूलो चुनौती खडा भएको जनाइएको छ ।

“बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानूनी व्यापार नियन्त्रणमा नेपाली सेनालगायतका सुरक्षा निकायको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी संस्थाको निरन्तर सहकार्यबाट यस्तो सकारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो”, सन्देशमा भनिएको छ, “जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ ।” रासस

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै