ताजा अपडेट »

लुम्बिनी र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

बुधबार, १३ साउन २०७८, १९ : २५
6 Shares

बुटवल । लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा लुम्बिनी प्रदेशमा प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।